काठमाडौँ । ट्राफिक प्रहरीले ‘राइड सेयरिङ’ सवारीमाथि कडा निगरानी सुरु गरेको छ । यसक्रममा प्रहरीले विशेष चेकिङ अभियान सञ्चालन गर्दै कारबाही गरिरहेको जनएको छ । ‘राइड सेयरिङ’ चालकले मनोमानी पैसा असुल्ने, बार्गेनिङ गर्ने र अनलाइन नलिई अफलाइन चलाउने गुनासो बढेपछि ट्राफिक प्रहरीले निगरानी बढाएको जनाएको छ ।
चैत ८ गतेदेखि तीन दिनमा झन्डै चार सय चालकलाई कारबाही भएको प्रहरीले जनाएको छ । विशेष चेकिङ अभियानका क्रममा नियमविपरीत सञ्चालन भइरहेका र जथाभाबी राइड सेयरिङ चलाउनेलाई लक्षित गरी निगरानी बढाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको भनाइ छ ।
सडक सुरक्षा र यातायात व्यवस्थापनमा नकारात्मक प्रभाव पार्ने विषय बढेपछि विशेष अभियान चलाइएको प्हरीको भनाइ छ । पठाओ, टुटल, याङ्गो, इनड्राइभ जस्ता राइडिङ सेयररिङले मानिसको दैनिकी सहज बनाइरहेका छन् ।




















