काठमाडौं । आज मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।
सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ९ हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदी तोलामा ७० रुपैयाँले बढेर प्रतितोला ५३३५ रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।






















