काठमाडौं । नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर एलआरआर माेटर्स प्रालिले आफ्नो प्रिमियम इलेक्ट्रिक एसयूभी Geely EX5 Max मा आकर्षक नयाँ वर्ष विशेष बिक्री योजना “नयाँ ऊर्जा, नयाँ यात्रा र नयाँ अनुभव” सार्वजनिक गरेको छ। चैत्र १, २०८२ देखि वैशाख ७, २०८३ सम्म लागू हुने यस योजना अन्तर्गत सो अवधिभित्र Geely EX5 Max खरिद गर्ने ग्राहकहरूले विभिन्न आकर्षक उपहार तथा सुविधाहरू प्राप्त गर्नेछन्। कम्पनीले ग्राहकहरूलाई विशेष अनुभव प्रदान गर्ने उद्देश्यले ६ रात ७ दिनको थाइल्याण्ड भ्रमण (२ जनाका लागि) सहितका विशेष लाभहरू समावेश गरेको जनाएको छ।
यसका अतिरिक्त कम्पनीका अनुसार यो विशेष योजना अन्तर्गत ग्राहकहरूले Geely EX5 Max को खरिदमा स्मार्ट कफी मेसिन, Adaptable Charger, आकर्षक नगद छुट, ह्यासल–फ्री फाइनान्सिङ सुविधा, १ वर्षको निःशुल्क Auto Plus Insurance तथा १ वर्षको निःशुल्क Road Tax जस्ता सुविधाहरू पनि प्राप्त गर्नेछन्।
एलआरआर माेटर्सका सेल्स एण्ड अपरेसन हेड अधिर श्रेष्ठका अनुसार, “नयाँ वर्ष २०८३ को अवसरमा ग्राहकहरूलाई अझ विशेष अनुभव प्रदान गर्ने उद्देश्यले हामीले Geely EX5 Max मा यो आकर्षक योजना ल्याएका हौँ। विद्युतीय सवारीप्रति बढ्दो चासोलाई ध्यानमा राख्दै हामीले ग्राहकलाई थप मूल्य दिने गरी थाइल्याण्ड भ्रमणदेखि लिएर बीमा, रोड ट्याक्स र अन्य सुविधाहरू समेटिएको प्याकेज तयार गरेका छौँ। यस योजनाले ग्राहकहरूलाई प्रिमियम इलेक्ट्रिक एसयूभी अनुभवसँगै नयाँ वर्षको खुशी पनि थप विशेष बनाउने विश्वास लिएका छौँ।”
एलआरआर माेटर्सले अत्याधुनिक प्रविधि, सुरक्षा र प्रिमियम अनुभव प्रदान गर्ने लक्ष्यसहित Geely EX5 विद्युतीय एसयूभी नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ। कम्पनीका अनुसार नयाँ वर्षको अवसरमा ल्याइएको यो योजना ग्राहकहरूलाई विद्युतीय सवारीतर्फ आकर्षित गर्ने र उनीहरूलाई थप मूल्य प्रदान गर्ने उद्देश्यले तयार गरिएको हो।
कम्पनीले नयाँ वर्षमा “नयाँ ऊर्जा, नयाँ यात्रा र नयाँ अनुभव” सुरु गर्न चाहने ग्राहकहरूलाई Geely EX5 Max रोज्न आग्रह गरेको छ। इच्छुक ग्राहकहरूले कम्पनीको शोरुममा गई सीमित अवधिका लागि लागू भएको यस अफरको फाइदा लिन सक्ने कम्पनीले जनाएकाे छ ।






















