काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ फागुन सम्ममा ७ खर्ब ५१ अर्ब ८६ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यो लक्ष्यको ८२.६० प्रतिशत हो ।
चालु आर्थिक वर्षमा १४ खर्ब ८० अर्ब राजश्व संकलन गर्ने लक्ष्य रहेकोमा फागुनसम्मको लक्ष्य ९ खर्ब १० अर्ब २० करोड रुपैयाँ रहेको थियो ।
फागुन महिनाको लक्ष्य ९६ अर्ब ५७ करोड रुपैयाँ रहेको थियो । फागुन महिनामा ८२ अर्ब ५३ करोड राजश्व संकलन भएको छ । यो प्राप्ति ८५.४६ प्रतिशत हो । फागुन ३० गतेमात्रै ७४ करोड रुपैयाँ राजश्व उठेको थियो ।
आर्थिक वर्ष २०८१/८२ को वार्षिक लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ र फागुनसम्मको लक्ष्य ८ खर्ब ६५ अर्ब ८१ करोड रहेको थियो । त्यसवर्ष फागुन २९ गतेसम्ममा ७ खर्ब २९ अर्ब ६६ करोड र फागुन महिनाको सङ्कलन ७८ अर्ब ७५ करोड रहेको थियो ।






















