Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

११ महिनामा साढे ६ हजारभन्दा बढी विपदका घटना, ४ सय ६४ को मृत्यु र एक हजार ८१४ घाइते

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । गएको वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार ७९९ वटा विपदका घटना भएका छन् । राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ११ महिनामा विपदमा परेर ४६४ जनाको ज्यान गएको छ भने ३८ जना बेपत्ता र एक हजार ८१४ जना घाइते भएका छन् ।

विपदका कारण १२ हजार ४५८ घरपरिवार प्रभावित भएको प्राधिकरणले उपलब्ध गराएको विवरणमा उल्लेख छ । प्राधिकरणको विवरणअनुसार सो अवधिमा सबैभन्दा बढी आगलागीका घटना भएका छन् । तीन हजार ३३९ आगलागीका घटना हुँदा ९८ जनाको ज्यान गएको छ । सो अवधिमा बाढीका तीन सय १८, पहिरो पाँच सय ९०, भारी वर्षा चार सय २९, चट्याङ तीन सय ६७, सर्पदंश पाँच सय ९२, डढेलो दुई सय ४६ वटा घटना भएका छन् । त्यस्तै हावाहुरीका दुई सय ९२, जनावर आक्रमण चार सय ८८, लेक लागेका एक सय १९ घटना भए । हिमपहिरोका पाँच, भूकम्प सात, डुङ्गा पल्टेर दुईवटा घटना घटेका छन् ।

त्यसैगरी फागुन २९ गते बिहानदेखि ३० गते बिहानसम्म कुल २९ विपदका घटना भएका प्राधिकरणले जनाएको छ ।

Health Tips Ad Road Block