काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार आज नेपाली बजारमा सुनको मूल्य तोलामा २ हजार ८ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख १४ हजार २ सय रुपैयाँ रहेको छ ।
चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला ५४९५ रुपैयाँ रहेको छ ।






















