काठमाडौं । नेपाल धितोपत्र बोर्डले तीन ब्रोकर कम्पनीलाई १ करोडभन्दा बढी जरिवाना तिराएको छ ।
सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा ७(क) को उपदफा (४) को खण्ड (घ) र दफा ७(ग) को व्यवस्था उलङ्घन गरेकोले सोही ऐनको दफा ७ (फ) को उपदफा (१) को खण्ड (ख) बमोजिम ती कम्पनीलाई जरिवाना तिराएको बोर्डले जनाएको छ ।
बोर्डले सिप्ला सेक्युरिटिज लिमिटेडलाई रू. ५० लाख, कृष्ण सेक्युरिटिज लिमिटेडलाई रू. ३० लाख तथा हातेमालो फाइनान्सियल सर्भिसेज् प्रालिलाई रू. ३० लाख जरिवाना गरेको जनाएको छ । तीन कम्पनीलाई कुल १ करोड १० लाख जरिवाना भएको छ ।





















