काठमाडौं । भोलिदेखि बजारमा आधा सिलिण्डर मात्रै ग्यास बिक्री हुने भएको छ । मध्यपूर्व क्षेत्रमा भइरहेको युद्धका कारण पेट्रोलियम पदार्थ तथा एलपि ग्यासको आपूर्तिमा विश्वव्यापीरूपमा असर परिरहेको र सोही अनुरुप काठमाडौंमा पनि माग उच्च भएपछि आयल निगमले मध्यमार्गी बाटो अपनाएको हो । निगमले एक विज्ञप्तिमार्फत यसलाई प्रष्ट पारेको छ ।
निगमले नेपाललाई एलपि ग्यास आपूर्ति गर्ने मुलुक भारतमा समेत सर्वसाधारण उपभोक्तालाई एलपि ग्यास प्राप्तिमा समस्या देखिन थालेको विषय आमसञ्चार माध्यमहरूमा प्रकाशित तथा प्रसारित भएपश्चात नेपालमा पनि आवश्यकता भन्दा बढी ग्यास खरिद गरी भण्डारण गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै नयाँ नियम लागु गरेको जनाएको छ ।
यसअनुसार भोलि मिति २०८२/११/२९ गतेदेखि लागू हुने गरी अर्को निर्णय नभएसम्म ग्यास सिलिण्डरमा ७.१ केजी एलपि ग्यास भरी प्रति सिलिण्डर आधा मूल्य रु.९५५ मा बिक्री वितरण हुनेछ ।






















