काठमाडौँ । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको छ । निर्वाचन आयोगले बिहीबार साँझ मतदान सम्पन्न भएपश्चात् आयोजना गरेको पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले देशभर ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए ।
उनले देशभर शान्तिपूर्ण रुपमा मतदान सम्पन्न भएको बताए । उनले भने, “करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान छ । यसको विस्तृत विवरण सङुकलन कार्य जारी छ ।”
उनले निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन सहकार्य एवम् समन्वय गर्ने नेपाल सरकार, प्रदेश सरकार, मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत, सुरक्षा निकाय, राजनीतिक दल, पर्यवेक्षक सबैलाई धन्यवाद दिएका छन् ।






















