काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ५६ सय रुपैयाँले बढेर ३ लाख २६ हजार १ सय रुपैयाँमा पुगेको छ ।
आइतबार बढेको सुनकाे मूल्य सोमबार पनि बढेको हो । आइतबार सुन प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँ रहेको थियो ।
आज चाँदीको मूल्य पनि बढेर प्रतितोला ६०२० रुपैयाँमा पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।






















