skip this News Page Tips Ad Road Block

चुनावलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको मूल्य बढाइएन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । चुनावलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थको मूल्य यथावत राखिएको छ । इण्डियन आयल कर्पोरेशनबाट २८ फेब्रुअरीमा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार भाउ केही बढेर आएपनि निगमले हाललाई पुरानै मूल्य कायम गरेको जनाएको छ ।

भारतबाट प्रतिलिटर पेट्रोलमा रु.२.०९, डिजेलमा रु.२.४७ र एलपि ग्यासमा प्रतिसिलिण्डर रू.१८.५८ ले तथा हवाई इन्धनमा प्रतिलिटर रु.५.९८ ले बढेर आएको भएतापनि आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै निगम सञ्चालक समितिले आज बिहानदेखि लागु हुनेगरी मूल्य यथावत राखेको जनाएको छ ।

साथै हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ पोखरा र भैरहवाको लागि ब्रेक इभन प्वाइन्टमा बिक्री मूल्य कायम गरिएको निगमले जनाएको छ।

Health Tips Ad Road Block