Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सात महिनामा ११ खर्बभन्दा बढीको आयात, व्यापार घाटा ९ खर्ब ५५ अर्ब

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । चालु आर्थिक वर्षको सात महिनामा १२ खर्ब ९१ अर्ब ६३ करोड २० लाख बराबरको वैदेशिक व्यापार भएको छ । भन्सार विभागका अनुसार समीक्षा अवधिमा ११ खर्ब २३ अर्ब ४८ करोड ६२ लाखको आयात र एक खर्ब ६८ अर्ब १४ करोड ५८ लाख बराबरको निर्यात भएको छ । यो अवधिमा मुलुकले नौ खर्ब ५५ अर्ब ३४ करोड तीन लाख घाटा बेहोरेको छ ।

यो अवधिमा भारतबाट छ खर्ब २९ अर्ब २९ करोड ५९ लाखको आयात भएको छ । चीनसँग दुई खर्ब ३५ अर्ब ३८ करोड २३ लाखको आयात भएको छ । यस्तै अर्जेन्टिनासँग ६६ अर्ब ११ करोड ६६ लाख, संयुक्त अरब इमिरेट्ससँग ३९ अर्ब ७७ करोड ९८ लाख, इन्डोनेसियासँग १२ अर्ब ६४ करोड ४५ लाख बराबरको व्यापार घाटा भएको विभागको तथ्याँकमा उल्लेख छ ।

यो अवधिमा रोमानियासँग पाँच करोड ५२ लाख, नर्वेसँग तीन करोड ३३ लाख र आइसल्यान्डसँग दुई करोड ५७ लाख बराबरको व्यापार नाफा भएको देखिन्छ ।

यो अवधिमा पेट्रोलियम पदार्थको आयात सबैभन्दा बढी छ । यस समयमा ६९ अर्ब ९१ करोड २२ लाखको डिजेल, ३८ अर्ब १३ करोड ८६ लाखको पेट्रोल र ३१ अर्ब ८५ करोड नौ लाख बराबरको खाना पकाउने ग्यास आयात भएको छ ।

Health Tips Ad Road Block