काठमाडौं । आज साताको अन्तिम कारोबार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य सामान्य घटेको छ ।
सुन प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदी प्रतितोला ५०५० रुपैयाँ रहेको छ । चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ ।






















