काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य तोलामा ४३ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य बढेर प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँमा पुगेको छ ।
यस्तै चाँदीको मूल्य पनि बढेर ५०६० रुपैयाँ तोलामा पुगेको महासंघले जनाएको छ ।






















