ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

झापा ५ का मतदाताले सोध्न थाले–परिवर्तन व्यक्ति गर्ने कि अवस्था ?

Citizenlife ad 2082 falgun to baishak 2083

दमक । दमक ४ कि सुजता फूँयाल यो चुनावमा पहिलो पटक भोट हाल्दै छिन् । उनलाई लागेको छ आफ्‌नो भोटबाट जीतेको प्रतिनिधिले देशको विकास गरोस् र अहिलेको राष्ट्रिय संकटबाट निकास दिन सकुन् ।

देशले परिवर्तन खोजेको छ । यो सत्य हो । तर परिवर्तन व्यक्ति कि स्थिति ? यो मुल प्रश्न हो । यो प्रश्नमा दमक ३ का इन्द्र प्रसाद अधिकारी भन्छन्–‘नामको परिवर्तन खोजेका हैनौ, कामको परिवर्तनमा विस्वास गर्ने हो । हिजोको अवस्था कस्तो थियो आज कुन स्थिति छ ? सत्यको पक्षमा उभीएर आफूले भोट हाल्ने हो ।’ अधिकारीको भनाई छ ।

काम गफ हैन, तथ्य र परिणामले देखाउने कुरा हो । दमक ४ का हेम प्रसाद ढुङ्गेलका अनुसार निराशाको कुराले हैन विकास र परिवर्तनको नाराले मात्रै पनि हुँदैन । १० वर्ष अघिको नेपाल र अहिलेको नेपालको अवस्थाको तुलना पनि यो चुनावमा हुने भएकोले काममा परिणाम दिएकाहरुलाई नै रोज्ने उनको अठोट छ ।

कतिपयले भन्ने गरेका छन् । केपी ओलीले झापा र झापाको क्षेत्र नं ५ र यसमा पनि दमकमा मात्रै विकास गरे । देशका लागि काम गर्नै सकेनन् भन्ने आरोप विपक्षी उम्मेदवारले लगाइरहेका छन् । तर यो कुरा केवल चुनावी स्टण्ड मात्रै हो भन्दै दमक ४ का यूवा इन्द्र भट्टराई भन्छन्, ‘नेपालको नयाँ नक्सा बनाउनेदेखि राष्ट्र र राष्ट्रियताको पक्षमा सँधै अडीग हुने नेता नै केपी ओली हो । विभिन्न राष्ट्रिय सडकदेखि अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसम्म गरेर देशलाई नयाँ गति दिने र दिशा दिन सक्ने नेता ओली रहेको भट्टराईको भनाई छ ।

नेपालमा संविधान जारी भएपछि विकासका नयाँ आयाम देखिएका छन् । दश वर्षमा राज्यको वरीपरी रहेको एमाले पार्टी र यो अवधिमा ५ वर्ष राज्य सञ्चालनको नेतृत्वमै रहेका केपी ओली । ५ वर्ष मात्रै आफूले देश चलाउन पाएको र ५ वर्षमा गरेको कामले नेपालको विकासमा नयाँ छलाङ आएको दाबी गर्दै भन्छन् अझ १० वर्ष त्यो पनि निरन्तर गर्न पाएको भए देशलाई विकासको अर्को यूगमा प्रवेश गराउन सकिने थियो ।

१० वर्ष अघि पूर्व पश्चिम जाने सडक एउटा मात्रै थियो । अहिले ४ वटा भएका छन् । उत्तर दक्षीण जोड्ने १६ वटा करीडोर बनेका छन् । दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल बनेको छ । अन्तर्र्राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता गराउन सक्ने रङ्गशाला बनेको छ । देशका कुना कुनामा सडक विस्तार भइरहेका छन् । हरेक पालिकामा विषेशज्ञसहितको अस्पताल निर्माण भएका छन् । अनि विद्यालयले प्राविधिक विषय पढाएर दक्ष जनशक्ति उत्पादन गरिरहेका छन् । यी सबै काम एमालेकै नेतृत्वबाट भएको दाबी ओलीले गर्दै आएका छन् ।

Health Tips Ad Road Block