ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

१५,५०१ सदस्यीय बाम बुद्धिजीवी एवं पेशाकर्मी निर्वाचन परिचालन मूल समिति गठन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका तारा चिन्ह वाहक उम्मेदवारहरुलाई आगामी निर्वाचनमा विजयी गराउन बाम बुद्विजीवी एवं चीनका लागि पूर्व राजदूत विष्णु पुकार श्रेष्ठको संयोजकत्वमा १५,५०१ सदस्यीय निर्वाचन परिचालन समिति गठन भएको छ। समितिको सहसंयोजकमा प्रेमलकुमार खनाल ,सचिवमा कृष्ण केसी रहेका छन् ।

मूल समितिमा बुद्धिजीवी, प्राध्यापक, शिक्षक, स्वास्थ्यकर्मी, ट्रेड युनियन महासंघहरु, ईन्जिनियरिङ एशोशिएशन, कानुन व्यवसायी संगठनका केन्द्र, प्रदेश, जिल्ला, प्रतिष्ठानका पदाधिकारी तथा सदस्यहरु रहेका छन्।

मूल समितिको कामलाई व्यवस्थित गर्न ५५ सदस्यीय सचिवालय गठन भएको छ। सचिवालयकाे संयाेजकमा विष्णु पुकार श्रेष्ठ, सहसंयाेजकमा प्रेमलकुमार खनाल ,सचिवमा कृष्ण केसी, आर्थिक परिचालन संयाेजकमा लक्ष्मी प्रसाद पण्डित र सदस्यहरु प्रा .डा, गाेविन्द सुवेदी ,समर नेपाल , सि. ढकाल , प्रा. डा. शिव शरण महर्जन , डा. विसि शर्मा , डा. टिपि शर्मा , नील कण्ठ तिवारी , कृष्णप्रसाद भण्डारी ,एस गुरुङ , एन पाेख्रेल ,रामकुमार वान्तवा, एस आर उपाध्याय, सिताराम घले, चन्द्र बहादुर केसी, पुरुषाेत्तम लामिछाने ,कृष्णमान श्रेष्ठ , प्रभा बज्राचार्य ,सुशील ढुङ्गाना, एन खत्री प्रदिप राई , शरण कुमार गुरुङ , सरिना गुरुङ ,अर्जुन श्रेष्ठ , ओमनारायण श्रेष्ठ , मणिरत्न श्रेष्ठ , डिएन रावल, एमवी भट्ट , एलए चौलागाईं ,सिआर कार्की , एल आर लुंगेली,दिपेन्द्र खडका ,के आर जाेशी, शंकर अधिकारी , रमेश रुपाखेती,पिके कुंवर, यादव खेरवार, हितमान वस्नेत, मंगल महर्जन ,उमेश गौतम , आरवि गुरुङ , रमेश प्रसाद मैनाली , गाेपाल श्रेष्ठ , दुर्गाप्रसाद चिमौरिया, ईश्वर प्रसाद पुडासैनी , गाेपाल सिंह, डा. बिष्णु हरि पण्डित , अन्जु शाह, भक्तिमान सुब्बा , डाक्टर कृष्ण गाेपाल महर्जन, टि पि थापा रहेका छन्।

बुद्धिजीवी मूल समितिले देश भरका बुद्धिजीवी एवं पेशाकर्मीहरुमा एक अपिल प्रकाशित गरेको छ। अपीलमा मुलुकमा युगान्तकारी परिवर्तन गरेर गणतन्त्र ,समावेशी लोकतन्त्र, जनताका मौलिक हकको रुपमा रहेको शिक्षा ,स्वास्थ्य ,सुरक्षित आवास,स्वच्छ खानेपानी ,खाध्यान्न, सामाजिक सुरक्षा,रोजगारीका अधिकार लाई संबैधानिक रुपमा सुनिश्चित गर्न नेपाली कम्युनिस्ट पार्टीको महत्त्वपूर्ण भूमिका रहेको बताइएको छ। अब देशमा उत्पादन र रोजगारी वृद्वि गर्न समाजवादी क्रान्ति गर्न आवश्यक रहेको भन्दै नेपाली कम्युनिस्ट पार्टीले जनसमक्ष ल्याएको प्रतिबद्धता पत्रले राष्ट्र र जनताका अभिभारा पुरा गर्ने संकल्प गरेको बताइएको छ।

Health Tips Ad Road Block