ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

माया खोला हाईड्रोपावरले हकप्रद निष्काशन गर्ने, सिटिजन्स क्यापिटल बिक्री प्रबन्धक

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । माया खोला हाईड्रोपावर लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनी र सिटिजन्स क्यापिटल लिमिटेडबीच माया खोला हाईड्रोपावरको हकप्रद शेयर निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडका तर्फबाट कार्यकारी अध्यक्ष दिनेश प्रसाद श्रेष्ठ तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार सिटिजन्स क्यापिटल लिमिटेडले माया खोला हाईड्रोपावर लिमिटेडको १,००,००,००० कित्ता हकप्रद शेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्डको अनुमती लिन गर्नु पर्ने कार्यहरु तथा अनुमति पश्चातको बिक्री प्रबन्धकको कार्यहरु गर्नेछ ।

यस कम्पनीको स्थापना २०६७ सालमा प्रा. लि को रुपमा भई २०७३ सालमा लिमिटेडमा रुपान्तर भएको हो । यस कम्पनीले संखुवासभा जिल्लामा १४ं.९ मे. वा. क्षमताको माया खोला हाईड्रोपावर आयोजनको निर्माण गरि मिति २०८० असार देखि विद्युत उत्पादन गरि नेपाल विद्युत प्राधिकरण्लाइे बिक्री गर्दै आईरहेको छ । यस कम्पनीले सर्वसाधारणहरुलाई २०७९ माघमा प्राथमिक शेयर जारी गरेको थियो ।

 

Health Tips Ad Road Block