काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा पुगेको छ ।
आज सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँले बढेको छ । शुक्रबार ३ लाख ३ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला ४९८५ रुपैयाँ रहेको छ ।






















