ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

सात महिनामा जम्मा १५ प्रतिशत मात्र पुँजीगत खर्च

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । चालु आर्थिक वर्षको माघसम्ममा पुँजीगत खर्च १५.८ प्रतिशत भएको छ । महालेखा नियन्त्रकको कार्यालयले सार्वजनिक गरेको तथ्याँकअनुसार फागुन १ गतेसम्ममा ६३ अर्ब ७३ करोड रुपैयाँ पुँजीगत खर्च भएको छ ।

यो वर्ष चार खर्ब ७ अर्ब ८८ करोड पुँजीगत खर्च गर्ने लक्ष्य राखिएको छ ।

यस्तै ५ खर्ब ६२ अर्ब ३७ करोड रुपैयाँ चालु खर्च भएको छ । यो लक्ष्यको ४७ दशमलव ८२ प्रतिशत हो । यस वर्ष चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड खर्च गर्ने लक्ष्य राखिएको छ ।

सात महिनामा कुल लक्ष्यको ४५.३५ प्रतिशत करमार्फत उठेको छ । कुल १३ खर्ब २५ अर्ब ५८ करोड कर संकलन गर्ने वार्षिक लक्ष्य भएपनि आजसम्ममा ६ खर्ब १ अर्ब १० करोड रुपैयाँ कर संकलन भएको छ ।

Health Tips Ad Road Block