ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

चैत्र १ देखि प्याब्सनको कक्षा–१२ प्रि–बोर्ड परीक्षा हुने, सदस्य विद्यालयलाई अनिवार्य सहभागिता हुन निर्देशन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० ले कक्षा–१२ का लागि सञ्चालन गरिने प्याब्सन एसएलसीप्रि–बोर्ड परीक्षा–२०८२ आगामी चैत्र १ गतेदेखि सुरु गर्ने निर्णय गरेको छ।

प्याब्सन केन्द्रीय परीक्षा विभागको माघ २४ गते बसेको बैठकले विगत वर्षहरू झैं यस वर्ष पनि प्रि–बोर्ड परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो। सो निर्णयबारे केन्द्रीय कार्यसमितिले प्रदेश तथा जिल्ला कार्यसमितिहरूलाई पत्रमार्फत जानकारी गराएको छ।

केन्द्रीय कार्यसमितिका महासचिव आरबी कटवालले प्याब्सन आबद्ध सम्पूर्ण सदस्य विद्यालयहरूलाई उक्त परीक्षा अनिवार्य रूपमा सञ्चालन गरी सहभागी हुन निर्देशन दिएका छन्। उनले परीक्षा व्यवस्थापनका लागि आवश्यक सम्पूर्ण तयारी समयमै सम्पन्न गर्न सम्बन्धित विद्यालय र निकायलाई आग्रह गरेका छन्।

प्याब्सनका अनुसार परीक्षा तालिका तथा अन्य विस्तृत विवरण आगामी सूचनामार्फत सार्वजनिक गरिनेछ। यस वर्षको प्रि–बोर्ड परीक्षा व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न संगठनले विशेष ध्यान दिएको जनाएको छ।

Health Tips Ad Road Block