ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

सबैमा समानरुपले सूचनाको पहुँच नहुँदा अर्थतन्त्रमा असन्तुलन देखियोः अर्थमन्त्री

पुँजीबजारमा ‘इन्साइडर ट्रेडिङ’ का कारण केही व्यक्तिले सूचनामाथि एकाधिकार कायम गरे

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले अर्थतन्त्र सही ढङ्गले सञ्चालन हुन सही सूचना समयमै प्रवाह हुन अत्यावश्यक रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित अन्तक्रियामा अर्थमन्त्री खनालले सूचनामा असमान पहुँचका कारण बजारमा ठूलो असन्तुलन देखिएको बताए । उनले सूचनाको हकसम्बन्धी कानुनले मात्र नभई विभिन्न मापदण्ड र कानूनले पनि सूचना प्रवाहलाई सम्बोधन गरेको उल्लेख गर्दै व्यवहारमा सबै पुँजीबजारका लगानीकर्ताले एउटै समयमा समान सूचना नपाउँदा प्रतिस्पर्धा प्रभावित भइरहेको भनाइ राखे ।

पुँजीबजारमा ‘इन्साइडर ट्रेडिङ’ का कारण केही व्यक्तिले सूचनामाथि एकाधिकार कायम गरिरहेको अर्थमन्त्री खनालले बताए । उनले सुन–चाँदीको मूल्यबारे समयमै सूचना पाउने र ढिलो पाउने व्यवसायीबीच नाफा–नोक्सानीमा ठूलो फरक पर्दे दृष्टान्त प्रस्तुत गरे । अर्थमन्त्री खनालले भने, ‘अर्थतन्त्र सही तरिकाले चल्नका निमित्त सही सूचना प्रवाह आवश्यक हुन्छ । सही सूचना प्रवाह कतिपय अवस्थामा सूचनाको हक सम्बन्धी कानुनले सिधै कभर नगरेपनि थ्रुपै मापदण्ड र कानूनले सम्बोधन गरेको छ । पुँजीबजारमा इन्साइडर ट्रेडिङका कारणले कतिपय व्यक्तिहरुले सूचनाको एकाधिकार प्राप्त गरिरहेका छन् । सबै लगानीकर्ताले समान तवरले समान निर्णय गर्न सुचना त्यही समयमा पाउन सकिरहेका छैनन् । त्यही सूचना पनि कतिपयले १० दिन पछि प्राप्त गर्‍यो । कुनैले तत्काल रियल टाइममा प्राप्त गर्‍यो भने त्यही अवसर र लाभमा ठूलो फरक आउछ । धातु बजारमा सुन चाँदीको मूल्य कसरी बढ्दैछ भन्ने सूचना कुनै व्यवसायीले रियल टाइममा प्राप्त गर्नसक्यो र अर्को व्यवसायीले समय ग्रुजिसकेपछि प्राप्त गर्‍यो भने ती दुई बीचमा लाभ र हानीमा ठूलो फरक हुन्छ । त्यसकारणले सूचनाको महत्व ठूलो छ ।’

उनले नेपालका लेखामापदण्डले ठूला कम्पनी तथा अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने घरानाहरूले आफ्नो कारोबार, त्यसको सामाजिक प्रभाव र सार्वजनिक गर्नुपर्ने विवरण स्पष्टरूपमा तोकेको उल्लेख गरे । तर कुनै कम्पनीले आवश्यक सूचना सार्वजनिक गरे/नगरेको विषयमा पत्रकारहरूले गम्भिर अनुगमन नगरेको उनको टिप्पणी छ ।

Health Tips Ad Road Block