काठमाडौं । साताको अन्तिम कारोबार दिन शुक्रबार आज नेपाली बजारमा सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेको छ ।
हिजो प्रतितोला ३ लाख ६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख ३ हजार ५ सय रुपैयाँमा आइपुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य पनि तोलामा ३ सय ४० रुपैयाँले घटेर प्रतितोला ५ हजार रुपैयाँमा आइपुगेको महासंघले जनाएको छ ।






















