ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

नेपाल इन्सुरेन्स कम्पनीको सञ्चालक समितिमा नन्द किशोर शर्मा  नियुक्त

Citizenlife ad 2082 falgun to baishak 2083
काठमाडौं । नेपाल इन्सुरेन्स कम्पनी लिमिटेडले सञ्चालक समितिमा नयाँ सदस्य नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिको माघ २७ गते बसेको बैठक नं. ११ ले संस्थापक शेयरधनी अग्रिम इन्टरनेशनल प्रालिको प्रतिनिधित्व गर्दै आएका निशान्त जोगीको सट्टामा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. २९ निवासी ६८ वर्षीय नन्द किशोर शर्मालाई सञ्चालक समितिको सदस्य पदमा मनोनयन गर्ने निर्णय गरेको हो।
नवनियुक्त सदस्य शर्मा यसअघि सूर्यज्योति लाइफ इन्सूरेन्स कम्पनीको सञ्चालक समितिको सदस्यका रूपमा कार्य गरिसकेको अनुभव सम्पन्न व्यक्तित्व हुन् । बीमा तथा वित्तीय क्षेत्रको लामो अनुभव र नेतृत्वदायी भूमिकाका कारण कम्पनीले उनको नियुक्तिबाट संस्थागत सुशासन, रणनीतिक योजना तथा व्यवसाय विस्तारमा थप मजबुती आउने विश्वास लिएको जनाएको छ।
कम्पनीले नवनियुक्त सञ्चालक शर्मालाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी दिनमा कम्पनीको दिगो विकास, सेवा विस्तार तथा शेयरधनीको हित प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरेको छ।
Health Tips Ad Road Block