ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

आइसिसी टी–२० विश्वकप क्रिकेटः नेपाल भर्सेस इटली

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा आज नेपाल भर्सेस इटली प्रतिष्पर्धामा छन् । सुपर आठमा प्रवेश गर्ने आफ्नो लक्ष्य पूरा गर्न नेपाललाई बिहीबार नवप्रवेशी इटालीविरुद्धको खेल जित्नैपर्ने अवस्था छ । पहिलो खेलमा इङ्ग्ल्यान्डसँग चार रनले पराजित भएको नेपाल दबाबमा परेपछि आजको जित निकाल्नैपर्ने अवस्था देखिन्छ । अझै तीन खेल बाँकी रहेकाले समूह ‘सी’ मा शीर्ष दुई स्थान हासिल गरेर सुपर आठमा पुग्ने नेपालको सम्भावना बाँकी नै छ ।

नेपालले दुई पटकको विजेता वेस्ट इन्डिज र स्कटल्यान्डसँग पनि खेल्न बाँकी छ । यस विश्वकपमा पाँच–पाँच टिम रहेको प्रत्येक समूहबाट शीर्ष दुई टिम सुपर आठमा पुग्ने प्रावधान रहेको छ । गत आइतबार इङ्ग्ल्यान्डसँग खेल्दा नेपालबाट जितभन्दा राम्रो प्रदर्शनको मात्र अपेक्षा थियो । यद्यपि इङ्ग्ल्यान्डलाई खेल अवधिभर दबाबमा राखेर पनि अन्तिम ओभरमा नेपाल जितबाट वञ्चित हुनुपरेको थियो ।

दुई एसोसिएट टोलीबीचको भिडन्तमा नेपालले इटालीलाई हराउने अपेक्षा गरिएको छ । नेपालको दोस्रो खेल पनि मुम्बईस्थित वानखेडे क्रिकेट रङ्गशालामा हुँदैछ ।

तस्विरः क्यान

Health Tips Ad Road Block