ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

स्वास्थ्य बीमामार्फत एक लाख रुपैयाँ बराबरको उपचार सेवा यथावत

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले बीमितले पाउँदै आएको एक लाख रुपैयाँ बराबरको उपचार सेवा सुविधा नघटाइएको स्पष्ट पारेको छ । स्वास्थ्य बीमा गरेबापतको पाइने एक लाख रुपैयाँ बराबर उपचार शुल्क यथावत रहेको बोर्डले एक सूचनामार्फत स्पष्ट पारेको हो । सूचनामा भनिएको छ स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत तीन हजार ५०० रुपैयाँ बराबरको योगदान बराबर पाँच जना परिवारले पाउने वार्षिक कुल एक लाख रुपैयाँ बराबरको उपचार सेवाको सीमा यथावत राखिएको छ । बोर्डले यसलाई स्पष्ट पार्दै भनेको छ, ‘२५ हजार रुपैयाँ ओपिडी सेवा र ७५ हजार रुपैयाँ अस्पतालमा भर्ना तथा आकस्मिक सेवाका लागि प्रयोग गर्न सकिने गरी छुट्याइएको छ ।’

बोर्डको सूचनामा भनिएको छ, ‘स्वास्थ्य बीमामा ५ जनासम्मको बीमित परिवारले वार्षिकरुपमा उपयोग गर्न पाउने अधिकतम १ लाख रुपैयाँ बराबरको उपचार खर्च घटाईएको भन्ने भ्रामक विषयप्रति बोर्डको गम्भिर ध्यानाकर्षण भएको छ। यस सन्दर्भमा बीमित परिवारले पाउँदै आएको कुल सेवा सीमा यथावत छ। बहिरंग (ओपीडी) सेवाको प्रयोगलाई मात्र मितव्ययी, न्यायोचित बनाई व्यवस्थापन गर्न एक परिवारलाई (अधिकतम पाँच जना) लाई वार्षिक रु. २५,००० र प्रत्येक थप सदस्यका लागि रु. ५,००० सुविधा कायम गरिएको छ भने बाँकी रकम अन्तरंग सेवा तथा आकस्मिक स्वास्थ्य सेवामार्फत उपयोग गर्न सकिने विषय यथावत रहेको व्यहोरा जानकारी गराईन्छ।’

बोर्डले यो निर्णय वित्तीय संकटको अवस्थामा स्वास्थ्य बीमा कोषको दिगोपन जोगाउन, अनावश्यक तथा दोहोरो सेवा प्रयोग रोक्न र गम्भीर, जटिल तथा जीवनरक्षात्मक उपचार सेवाका लागि स्रोत सुरक्षित गरी भर्ना भई लिने सेवा तथा आकस्मिक/आपतकालिन अवस्थाको सेवा उपयोग गर्ने गरी गरिएको जिम्मेवार कदम भएको स्पष्ट पारेको छ ।

Health Tips Ad Road Block