Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

विदेशी मुद्रा सञ्चितिको ग्राफ कहाँसम्म पुग्ला, पुग्यो साढे ३२ खर्ब

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । कुनै समय विदेशी मुद्रा सञ्चिति कम भएर नेपाल राष्ट्र बैंकले कडा नीति अख्तियार गर्नुपर्ने अवस्था पनि केही समय अगाडि आयो । तर अहिले भने अवस्था ठिक उल्टो भएको छ । यस्तो सञ्चिति बढेको बढ्यै छ । २०८२ असार मसान्तमा रु.२६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २१.१ प्रतिशतले वृद्धि भई २०८२ पुस मसान्तमा रु.३२ खर्ब ४२ अर्ब ४५ करोड पुगेको छ । नेपाल राष्ट्र बै.कले सार्वजनिक गरेको पछिल्लो तथ्याँकअनुसार अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ पुस मसान्तमा १५.२ प्रतिशतले वृद्धि भई २२ अर्ब ४७ करोड पुगेको छ ।

यो तथ्याँक आर्थिक वर्ष २०८२/८३ को छ महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.४ महिनाको वस्तु आयात र १८.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने नेपाल राष्ट्र बैंकले जनाएको छ । प्रत्येक महिना यो दर बढिरहेको छ । यसले ग्राफ कहाँसम्म पुग्ला भन्न सकिने अवस्था छैन ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा रु.२४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ पुस मसान्तमा १९.४ प्रतिशतले वृद्धि भई रु.२८ खर्ब ८४ अर्ब ८ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा रु.२ खर्ब ६३ अर्ब ४ करोड रहेकोमा २०८२ पुस मसान्तमा ३६.२ प्रतिशतले वद्धि भई रु.३ खर्ब ५८ अर्ब ३७ करोड कायम भएको छ । २०८२ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकका अनुसार २०८२ पुस मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ५३.१ प्रतिशत, १५०.७ प्रतिशत र ४०.५ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३.८ प्रतिशत, १२८.१ प्रतिशत र ३४.१ प्रतिशत रहेका थिए ।

Health Tips Ad Road Block