Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका २१ सहित ७६ जना समानुपातिक उम्मेदवारको नाम हटाइयाे (सूचिसहित)

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको ७६ जनाको नाम बन्दसूचिबाट हटाइएको छ । निर्वाचन आयोगले कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेका २१ जनासहित ७६ जनाको नाम हटाइएको जनाएको हो । निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलहरूबाट पेस भएका उम्मेदवारको बन्दसूचीका सम्बन्धमा पर्न गएका उजुरी, प्रचलित कानून बमोजिम तोकिएको उम्मेदवारको योग्यता र अयोग्यतासम्बन्धी व्यवस्था, निर्वाचन आयोगबाट विभिन्न मितिमा भएका निर्णय एवम् राजनीतिक दलबाट प्राप्त जानकारीसमेतका आधारमा उम्मेदवारहरूको विवरण रुजु भई ७६ जना उम्मेदवारहरूको नाम बन्दसूचीबाट हटाउने निर्णय भएको आयोगले जनाएको छ ।

यसप्रकारका उम्मेदवारको नाम हटाइएको छ

१. कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेकाः २१ जना

२. प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम कायम रहेकाः २५ जना

३. निर्वाचन आयोगबाट तोकिएको जरिवाना भुक्तान नगरेकाः १० जना

४. पच्चीस वर्ष उमेर पूरा नभएकाः ४ जना

५. मतदाता नामावलीमा नाम समावेश नभएकाः १ जना

६. मतदाता नामावली पिछडिएको क्षेत्रमा नरहेकाः २ जना

७. महिला उम्मेदवार पेस हुनुपर्नेमा पुरूष उम्मेदवार पेस भएकाः १ जना

८. नाम हटाउन भनी सम्बन्धित राजनीतिक दलबाट लेखिआएकाः १० जना

९. माथि उल्लिखित कारणहरुमध्ये एकभन्दा बढी कारण भएकाः २ जना

क–कसको नाम हट्यो, तल हेर्नुहोस्

Health Tips Ad Road Block