Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

आईसीसी टी-२० विश्वकप क्रिकेट नेपाली च्यानलमार्फत प्रत्यक्ष प्रसारण हुने : एक्सट्रिम इनर्जी ड्रिंक्स प्रसारण टाईटल स्पोन्सर

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । क्रिकेट प्रेमी नेपाली दर्शकहरुका लागि उत्साहजनक खबर छ। आईसीसी मेन्स टी-२० विश्वकप क्रिकेटका सम्पूर्ण खेलहरु यसपटक एक्सट्रिम इनर्जी ड्रिंक्सको प्रसारण मुख्य प्रायोजनमा कान्तिपुर म्याक्स टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण हुने भएको छ।

विश्वकै प्रतिष्ठित क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रसारणसँग जोडिदै खेल, जोश र ऊर्जाको प्रतिनिधि ब्रान्ड एक्सट्रिम इनर्जी ड्रिंक्स नेपाली क्रिकेट प्रेमीहरूसँग थप नजिकिएको छ । यससम्बन्धी प्रायोजन सम्झौता आज आयोजित एक कार्यक्रममा कान्तिपुर म्याक्स र एक्सट्रिम इनर्जी ड्रिक्सबीच सम्पन्न भएको छ । सम्झौतामा कान्तिपुर म्याक्सका बिजनेस हेड सागर केसी र एक्सट्रिम इनर्जी ड्रिंक्सका सेल्स हेड पवनकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

नेपाली टेलिभिजन च्यानलमार्फत पहिलो पटक आईसीसी टी-२० विश्वकप क्रिकेट प्रत्यक्ष प्रसारण हुन लागेको हो । कान्तिपुर म्याक्सले विश्वकपका सम्पूर्ण ५५ खेल प्रत्यक्ष प्रसारण गर्नेछ । खेलहरू कान्तिपुर म्याक्समा अंग्रेजी कमेन्ट्री र कान्तिपुर म्याक्स-२ मा नेपाली कमेन्ट्रीसहित प्रसारण हुनेछ ।

विश्वकपका खेल हुने दिनहरूमा एक्सट्रिम इनर्जी ड्रिंक्सको सहकार्यमा प्रि-म्याच तथा पोस्ट-म्याच विशेष कार्यक्रमहरू सञ्चालन गर्ने छ । कार्यक्रमहरूमा क्रिकेट विज्ञहरूसँग खेलको गहिरो विश्लेषण, समीक्षा र छलफल प्रस्तुत गरिनेछ, जसले दर्शकहरूलाई खेलको रोमाञ्च अझ नजिकबाट अनुभूति गराउने अपेक्षा गरिएको छ ।

यसै अवसरमा एक्सट्रिम इनर्जी ड्रिंक्सले विभिन्न सोसल मिडिया तथा उपभोक्ता केन्द्रित क्याम्पेनहरू सञ्चालन गर्दै ४० जना भाग्यशाली क्रिकेट प्रेमीलाई मुम्बईमा आईसीसी टी-२० विश्वकपका खेलहरू स्टेडियममै गएर प्रत्यक्ष अवलोकन गर्ने आकर्षक प्याकेज प्रदान गरेको छ। उक्त प्याकेजअन्तर्गत विजेताहरूले खेलाडीहरुलाई प्रत्यक्ष रुपमा हौसला प्रदान गर्ने अवसर समेत पाष्ठका छन्, जसले नेपाली क्रिकेट प्रेमीहरूको सहभागिता र उत्साहलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुन्याउने अपेक्षा कम्पनीको रहेको छ।

खेलकुद र युवाको ऊर्जालाई निरन्तर साथ दिँदै आएको एक्सट्रिम इनर्जी ड्रिंक्सले विश्वकप प्रसारणमार्फत नेपाली क्रिकेट प्रेमीहरूसँग अझ बलियो सम्बन्ध स्थापित हुने विश्वास लिएको छ। “खेल, जोश र ऊर्जाको संगम” भन्ने ब्रान्ड भावनाअनुसार यस्ता अन्तर्राष्ट्रिय खेलकुद कार्यक्रमसँग सहकार्य गर्नु गर्वको विषय भएको एक्सट्रिम इनर्जी ड्रिंक्सले जनाएको छ ।

हाल एक्सट्रिम इनर्जी ड्रिंक्स र कान्तिपुर म्याक्सको सहकार्यमा पोखरामा भइरहेको टाइगर कप भलिबल प्रतियोगिता प्रत्यक्ष प्रसारण भइरहेको छ भने काठमाडौंमा सम्पन्न महिला टी-२० विश्वकप ग्लोबल छनोट, तथा नेपाल प्रिमियर लिग क्रिकेटलगायत विभिन्न खेलकुद प्रतियोगिताहरु प्रत्यक्ष प्रसारण भइसकेको छ।

नेपाली टेलिभिजनमार्फत पहिलो पटक प्रत्यक्ष प्रसारण हुन गइरहेको आईसीसी मेन्स टी-२० विश्वकप क्रिकेटसँगै, एक्सट्रिम इनर्जी डिक्सले नेपाली खेलप्रेमीहरूको जोश, उत्साह र ऊर्जालाई अझ नयाँ उचाइमा पुर्याउने विश्वास लिइएको छ ।

Health Tips Ad Road Block