ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

भुजुङ्ग हाइड्रोपावरको आईपीओमा सार्वसाधारणले आवेदन दिने आज अन्तिम दिन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले माघ १२ गतेदेखि सार्वसाधारणका लागि निष्काशन गरेकाे साधारण शेयर (आईपीओ) मा आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि शेयर निष्काशन गरेपछि सर्वसाधारणका आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । त्यसमा १० लाख कित्ता आयोजना प्रभावितहरुका लागि र १ लाख कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ । दोस्रो चरणमा कम्पनीले कर्मचारीहरुका लागि २० हजार कित्ता र सामूहिक लगानी कोषहरुका लागि ५० हजार कित्ता शेयर सुरक्षित राखी बाँकी रहेको ८ करोड ३० लाख रुपैयाँबराबरको ८ लाख ३० हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो ।

आईपीओमा न्यूनतम १० कित्ता अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ ।

यस आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

Health Tips Ad Road Block