ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

३ लाख ३९ हजार ३ सय रुपैयाँ तोलामा पुग्यो सुनको भाउ, ऐतिहासिक रेकर्ड कायम

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आज पुस १५ गते बिहीबार नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँमा पुगेर नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ । बुधबार तोलाको ३ लाख १८ हजार ८ सय रुपैयाँमा पुगेर नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको थियो ।

आज एकैदिन तोलामा २० हजार ५ सय रुपैयाँले सुनको मूल्य बढेको हो ।

चाँदीको मूल्य पनि आज नयाँ रेकर्डको विन्दुमा पुगेको छ । आज ७५०५ रुपैयाँ तोलामा चाँदीको मूल्य पुगेको छ । हिजो चाँदी प्रतितोला ७३०० रुपैयाँमा पुगेको थियो ।

Health Tips Ad Road Block