काठमाडौं । आज पुस ६ गते मंगलबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । सुनको मूल्य हिजोको तुलनामा तोलामा २७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ८४ हजार ७ सय रुपैयाँमा पुगेको छ । यो हालसम्मकै उच्च मूल्य हो ।
हिजो नेपाली बजारमा २ लाख ८२ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएर सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको थियो ।
आज नेपाली बजारमा चाँदीको भाउ पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज चाँदी प्रतितोला ५८८० रुपैयाँ रहेको छ । हिजो चाँदी प्रतितोला ५८१० रुपैयाँ रहेको थियो ।






















