ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

निर्वाचन आयोगले सुरु गर्‍यो कल सेन्टर

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं। फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले सोमबारदेखि कल सेन्टर स्थापना गरेको छ।आयोग परिसरमा कल सेन्टरको स्थापना गरिएको हो।

निर्वाचनका सिलसिलामा मतदाता, नागरिक र सरोकारवालाको जिज्ञासा सुनुवाइका लागि कल सेन्टरको स्थापना गरिएको आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले जानकारी दिए । भट्टराईले भने, ‘कल सेन्टर आजबाट सुरु भएको छ। अहिले हामी कार्यालय समय बिहान ९ देखि साँझ ६ बजेसम्म सेवा दिन्छौँ।समय क्रमशः थपिँदै लगिने छ।’

आयोगले कल सेन्टरमा ६ वटा डेस्कमार्फत सेवा प्रदान गर्नेछ। सेन्टरमा निःशुल्क टोल–फ्री नम्बर ११०२ मा कल गरेर मतदाता, नागरिक र सरोकारवालाको जिज्ञासा राख्ने सकिनेछ । एकै पटक १५ जनासम्मले फोन गर्दा कलहरु होल्डमा नरहने आयोगले जनाएको छ ।

सोमबारदेखि सुरु भएको कल सेन्टर निर्वाचित उम्मेदवारलाई प्रमाणपत्र वितरण गर्ने अवधिसम्म सञ्चालनमा रहने आयोगले जनाएको छ।

तस्विरः प्रदीपराज वन्त, निर्वाचन आयोग

Health Tips Ad Road Block