Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

राससका अस्थायी, करार र दैनिक ज्यालादारीमा कार्यरत कर्मचारी पनि सामाजिक सुरक्षा कोषमा आबद्ध

Citizenlife ad 2082 falgun to baishak 2083
काठमाडौँ । राष्ट्रिय समाचार समिति(रासस) का अस्थायी, करार र दैनिक ज्यालादारीमा कार्यरत कर्मचारी पनि सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सामाजिक सुरक्षा कोषमा आबद्धतासम्बन्धी परिचयतपत्र वितरण गरेका हुन् । उनले फागुन २१ मा हुने निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउनुपर्ने उल्लेख गरे । यसका लागि सञ्चारमाध्यमको ठूलो भूमिका रहने उनले बताए । सरोकारवालामा सचेतना पुर्याउन सञ्चारमाध्यमको गहन हुने मन्त्री खरेलले बताए । उनले सो अवसरमा समयको सीमितताका बीचमा पनि अन्तरिम सरकारले दीर्घकालीन महत्वका काम गरेको दाबी गरेका छन् ।
कायृक्रममा सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले सामाजिक सुरक्षा योजनामा सहभागिता हुनु बचत मात्रै नभएर योगदानकर्ताको जीवनको सुरक्षा भएको बताए ।
राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले नेपाल पत्रकार महासङ्घको नेतृत्वमा रहँदा आफूले श्रमजीवी पत्रकारको हकहितका मुद्दा उठाउँदै आएको स्मरण गर्दै राससमा कार्यरत ज्यालादारी तथा करार सेवामा आवद्ध जनशक्तिलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन सकेकामा खुसी मिलेको बताए ।
आठौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीको विशेष उपस्थितिमा रासस र कोषबीच अस्थायी, ज्यालादारी तथा करार सेवामा कार्यरत राससका जनशक्तिलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो। नेपाल सरकारले सार्वजनिक संस्थामा कार्यरत जनशक्तिलाई पनि कोषमा आबद्ध गराउने व्यवस्था लागू गरेपछि राससमा कार्यरत १७ जना ज्यालादारी तथा करार सेवामा कार्यरत जनशक्ति लाभान्वित भएका हुन् ।
कोषमा आबद्ध हुने योगदानकर्ताले पाउने पारिश्रमिकको ६० प्रतिशतलाई आधार मानी त्यसको २० प्रतिशत रासस र ११ प्रतिशत योगदानकर्ताका तर्फबाट गरी मासिक ३१ प्रतिशतका दरले कोषमा सञ्चय हुनेछ । योगदानकर्ताले कोषबाट औषधि उपचार तथा स्वास्थ्य सुरक्षा, मातृत्व सुरक्षा, दुर्घटना सुरक्षा, अपाङ्गता सुरक्षा, आश्रित परिवार सुरक्षालगायतका सुविधा पाउनेछन् । हाल नेपालमा करिब २६ लाख ५० हजार योगदानकर्ता कोषमा आबद्ध छन् ।
Health Tips Ad Road Block