Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एनसेलको सहयोगमा तीन शहरमा ‘क्रिएटर्स मेला’ आयोजना हुँदै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । एनसेलले नेपालका तीन शहरमा ‘क्रिएटर्स मेला’ आयोजना गर्न नेपालस्थित अमेरिकी दूतावाससँग सहकार्य गरेको छ। निःशुल्क उपस्थिति जनाउन सकिने यो कार्यक्रमले नेपालमा बढ्‌दो क्रममा रहेका कन्टेन्ट् क्रिएटरहरूलाई व्यावहारिक सिकाइ, व्यावसायिक सम्पर्क तथा सहकार्यका अवसरहरू प्रदान गर्नेछ।

यो वर्षको क्रिएटर्स मेला भोलि (२०८२ माघ ३) चितवनबाट सुरु हुँदैछ। त्यसपछि यो कार्यक्रम माघ १० गने नेपालगन्ज र माघ १६ र १७ गते काठमाडौँमा आयोजना हुनेछ।

सन् २०२३ मा सुरु भए देखिनै क्रिएटर्स मेलाको साझेदारका रूपमा एनसेलले सहयोग गर्दै आएको छ। कार्यक्रमले नेपाली युवाहरूलाई कन्टेन्ट क्रिएशनमार्फत सशक्त बनाउने अनि डिजिटल नेपालको उद्देश्यमा टेवा पुऱ्याउने लक्ष्यलाई आत्मसाथ गर्दै आएको छ। ‘भिजन टु भेन्चर’ नारा रहेको यो वर्षको कन्टेन्ट क्रिएटर्स मेला सहभागीहरूका योजनालाई कार्यान्वयनयोग्य सीप तथा वास्तविक अवसरहरूमा बदल्नेमा केन्द्रित हुनेछ।

“क्रिएटर्स मेलाका लागि अमेरिकी दूतावाससँग निरन्तर सहकार्य गर्न पाउँदा हामी खुसी छौँ। क्रिएटर्स मेलाले उदीयमान तथा स्थापित क्रिएटरहरूलाई डिजिटल कन्टेन्टको युगमा सबैभन्दा महत्त्वपूर्ण अनि प्रभावशाली सामग्री सिर्जना गर्न आफ्‌नो सीप तिखार्ने अवसर प्रदान गर्नेछ,” एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सस्नेबिलिटी डाइरेक्टर विषाखा लक्ष्मी खड्काले बताईन् । “यो कार्यक्रमसँगै हामीले भिडियो प्रतिस्पर्धा पनि सञ्चालन गरेका छौँ जसमा दर्ता भएका सहभागीहरूले आफ्‌नो सीप प्रदर्शन गरेर पुरस्कार जित्न सक्छन्।”

विद्यार्थी अनि अझै सिक्ने चरणमै रहेका उदीयमान क्रिएटर लक्षित यो कार्यक्रमले क्रिएटरहरूलाई आफ्ना सामाग्रीलाई थप परिष्कृत गर्न, विश्वसनीय बनाउन अनि दिगो तथा रचनात्मक व्यावसायिक भविष्य तयार पार्न प्रेरित गर्नेछ।

त्यसैगरी अमेरिकाको नेपालस्थित दूतावासका सार्वजनिक मामिला प्रमुख माइक हार्करले क्रिएटर्स मेलाले सिर्जनात्मक क्रियाकलापमार्फत नेपालको अर्थतन्त्र सुदृढ गर्न सहयोग पुर्याउने संयुक्त राज्य अमेरिकाको प्रतिबद्धता झल्काउने बताएका छन्। “देशभर ज्ञान, सीप र सञ्जाल विस्तार गरेर हामी उद्यमशीलता र रोजगारी सिर्जनालाई प्रवर्धन गरिरहेका छौँ। हामीले नेपाली क्रिएटरहरूलाई उनीहरूको प्रभाव स्थानीयस्तरमा मात्रै सीमित नगरी अमेरिकी व्यवसायिक साझेदार तथा विश्व बजारमा समेत सफलता प्राप्त गर्न सक्ने गरी तयार पार्ने छौं जसले गहिरो आर्थिक सम्बन्ध र साझा समृद्धिलाई प्रोत्साहन गर्छ,” उनले थपे।

एनसेल भिडियो प्रतिस्पर्धा

क्रिएटर्स मेलाकै अवसरमा एनसेलले भिडियो प्रतिस्पर्धा पनि आयोजना गरेको छ जसअनुरूप मेलाका सहभागीहरूलाई इन्स्ट्राग्राम र टिकटकमा एक मिनेटको भिडियो अपलोड गर्न प्रोत्साहन गरिएको छ। क्रिएटरहरूलेः ‘एनसेल फोरजीले तपाईंको जीवन कसरी सजिलो बनाउँछ’ भन्ने विषयमा केन्द्रित रहेर भिडियो तयार पार्नुपर्ने छ।

प्रतिशपर्धीहरूले उक्त भिडियोमा एनसेललाई ट्याग गरेर ह्यासट्याग #CreateGaraPostGara अनि आफू सहभागी शहरलाई पनि ह्यासट्याग गरी भिडियो अपलोड गर्नुपर्नेछ।

मेलाकैबीच प्रत्येक शहरमा एक जना विजेता छनोट गरिनेछ र उनीहरूले नगद पुरस्कार ५०,००० रुपैयाँ प्राप्त गर्नेछन्। त्यसबाहेक विजयी प्रतिस्पर्धिले आगामी दिनहरूमा एनसेल फाउन्डेसनका विभिन्न क्रियाकलापहरूमा सहभागी हुने अवसर पनि प्राप्त गर्नेछन् ।

सन् २०२३ बाट सुरु भएदेखि यो कार्यक्रममा हालसम्म ५,००० भन्दा बढी क्रिएटरहरू संलग्न भइसकेका छन्। यो कार्यक्रमले देशका विभिन्न क्षेत्रका क्रिएटरहरूलाई एकै ठाउँमा ल्याएर व्यावसायिक ढङ्गबाट काम गरिरहेका व्यक्तिहरूबाट सिक्ने, उस्तै प्रकृतिका काम गरिरहेका समकक्षीहरूसँग जोडिने र कन्टेन्ट क्रिएसनलाई व्यावसायिक बनाउन उद्धत विशेषज्ञहरूसँग अन्तरक्रिया गर्ने अवसर प्रदान गर्नेछ।

मेलामा विभिन्न सत्रहरू हुनेछन्। कुनै विषय वा व्यक्तिमा केन्द्रित ‘स्मृट लाइट’ सत्र देखि प्यानल छलफल अनि विभिन्न विषयवस्तुमा गम्भीर विमर्ष क्रिएटर्स मेलामा हुनेछ। कार्यक्रममा स्थापित कन्टेन्ट क्रिएटरहरूको यात्रालाई विभिन्न कोणहरूबाट विश्लेषण पनि गरिनेछ। स्थापित क्रिएटरहरूले तयार पारेको सामग्रीदेखि प्रस्तुति, दर्शकहरूको सङ्ख्यामा देखिएको वृद्धि, क्रिएटरको पहिचान र भिजिबिलिटीदेखि प्रभावसम्मको यात्रा अनि दिर्घकालीन व्यावसायिक विकाससम्मका विषयवस्तु पनि उक्त कार्यक्रममा समेटिने छ।

Health Tips Ad Road Block