काठमाडौं । माघ १ गते बिहीबार आज नेपाली बजारमा सुनको मूल्य रेकर्डको विन्दुबाट तल ओर्लिएको छ । हिजो पुस ३० गते बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यले नयाँ रेकर्ड बनाएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७६ हजार ५०० रुपैयाँ रहेको छ । हिजो सुन प्रतितोला २ लाख ७८ हजार रुपैयाँमा रेकर्ड बनाएको थियो ।
चाँदीको मूल्य पनि घटेर ५४८५ रुपैयाँ रहेको छ । हिजो चाँदी प्रतितोला ५६५५ रुपैयाँमा रेकर्ड बनाएको थियो ।






















