काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ । इन्स्योरेन्सको गत शुक्रबार बसेको ५९ औं बैठकले यो निर्णय गरेको हो ।
कम्पनीको आव २०८१/०८२ को संचित मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने र सोही बमोजिम वित्तीय विवरण स्वीकृतीको लागि नेपाल बीमा प्राधिकरण समक्ष पेश गर्ने निर्णय सञ्चालक समितिले गरेको छ ।






















