Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

‘एलएलआई एम्बासडर अफ द इयर २०२५’ बाट दिनेश पाठक सम्मानित

Citizenlife ad 2082 falgun to baishak 2083

पोखरा । ल्याङ्ग्वेज अफ लिबर्टी इन्स्टिट्युटले दिनेश पाठकलाई ‘एम्बासडर अफ द इयर २०२५’ अवार्ड प्रदान गरेको छ। नेपालमा स्वतन्त्रता, नेतृत्व र आर्थिक चेतनाको प्रवर्द्धनमा उनले पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै संस्थाले यो सम्मान प्रदान गरेको हो।

विश्वका विभिन्न मुलुकमा लिबरलिजम, उद्यमशीलता तथा स्वतन्त्र बजार अर्थतन्त्रसम्बन्धी अवधारणाको वकालत गर्दै आएको ल्याङ्ग्वेज अफ लिबर्टी इन्स्टिट्युटका लुम्बिनी प्रदेश एम्बासडरका रूपमा कार्यरत पाठकले वर्षभरि संस्थाका गतिविधिहरूमा सक्रिय नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। उनले संस्थाको प्रमुख कार्यक्रम लिबर्टी क्याम्प २०२५ को सफल आयोजना तथा समन्वयमा महत्वपूर्ण योगदान दिएका थिए।

यस अवधिमा पाठकले नेतृत्व क्षमता र प्रभावकारी सञ्चार कौशल प्रदर्शन गर्दै लिबर्टी सिम्पोजियम, सामाजिक सञ्जालसम्बन्धी विधेयकमा केन्द्रित छलफल तथा युवालाई लक्षित वित्तीय साक्षरता कार्यशाला जस्ता कार्यक्रमहरू आयोजना तथा सञ्चालन गरेका थिए। उनका पहलले युवामाझ आर्थिक स्वतन्त्रता, जिम्मेवार नागरिकता र नीतिगत चेतनाबारे सार्थक संवाद अघि बढाउन सहयोग पुगेको संस्थाले जनाएको छ।

उक्त अवार्ड डिसेम्बर २० र २१ मा पोखरास्थित द लेकसाइड रिट्रिट रिसोर्ट एण्ड स्पा मा सम्पन्न लिबर्टी सिम्पोजियम २०२५ का अवसरमा प्रदान गरिएको हो। दुई दिने सिम्पोजियम ल्याङ्ग्वेज अफ लिबर्टी इन्स्टिट्युट को वार्षिक समापन कार्यक्रमका रूपमा आयोजना गरिएको थियो, जहाँ नवगठित टोलीलाई अभिमुखीकरण, क्षमता अभिवृद्धि तथा आगामी वर्षका कार्यक्रमहरूको योजना तय गरिएको थियो।

सिम्पोजियममा नेतृत्व विकास, स्वतन्त्र बजार अर्थतन्त्र, शास्त्रीय उदारवाद, सञ्चार, माइन्डफुलनेस, फन्डरेजिङ तथा कार्यक्रम व्यवस्थापनजस्ता विषयमा विशेषज्ञ सत्रहरू सञ्चालन गरिएका थिए। साथै, प्रदेश एम्बासडरहरूले आफ्ना अवधारणाहरू प्रस्तुत गर्ने एलिभेटर पिच कार्यक्रमसमेत सम्पन्न गरिएको थियो।

यस सम्मानसँगै दिनेश पाठकले अब ल्याङ्ग्वेज अफ लिबर्टी इन्स्टिट्युटको मार्केटिङ तथा सार्वजनिक सम्बन्ध सम्बन्धी जिम्मेवारी सम्हाल्नेछन्। ‘एम्बासडर अफ द इयर’ अवार्डले ल्याङ्ग्वेज अफ लिबर्टी इन्स्टिट्युले युवामैत्री नेतृत्व विकासलाई दिएको महत्वलाई उजागर गर्दछ। दिनेश पाठकको सम्मानले विचारलाई व्यवहारमा उतार्ने नेतृत्वको उदाहरण प्रस्तुत गरेको संस्थाले विश्वास व्यक्त गरेको छ।

Health Tips Ad Road Block