काठमाडौं । माघ १ देखि सबै बीमा भुक्तानी विद्युतीय माध्यमबाट गर्नुपर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले माघ १ गतेदेखि सबै प्रकारका भुक्तानीहरू अनिवार्य रूपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन सबै बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीका अनुसार प्राधिकरणले जीवन बीमा कम्पनी, निर्जीवन बीमा कम्पनी, लघुबीमा कम्पनी, पुनर्बीमा कम्पनी र बीमा दलालहरूलाई आगामी माघ १ गतेदेखि सबै प्रकारका भुक्तानीहरू सम्बन्धित व्यक्ति वा संस्थाका बैंक खातामा अनिवार्यरूपमा विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन मंगलबार निर्देशन दिएको हो ।
सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी निर्देशन–२०८२ को मापदण्डअनुसार यो नयाँ व्यवस्था गरिएको बताइएको छ ।





















