ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

मुक्तिनाथ विकास बैंक २० वर्षमा प्रवेश

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड उन्नाइसौं वर्ष पुरा गरी बीसौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा पुस १९ गते देशभर विविध कार्यक्रमहरु गरिएको थियो । बैंकले केन्द्रीय कार्यालय, लाजिम्पाट काठमाडौं, क्षेत्रीय कार्यालयहरु जनकपुर, नारायणगढ, धादिङ्ग, पोखरा, इटहरी, बुटवल र लम्कीमा आयोजित बृहत रक्तदान कार्यक्रममा कुल ७५५ युनिट रगत संकलन गरी स्थानीय रक्तसञ्चार गृहहरुलाई हस्तान्तरण गरेको छ ।

सोही अवसरमा “सन् २०५० मा मेरो नेपाल” शिर्षकमा कक्षा ८ देखि १० सम्मका विद्यार्थीहरु बीच राष्ट्रव्यापी चित्रकला प्रतियोगिता आर्ट कम्पिटिशन २.० सम्पन्न भएको छ । उक्त प्रतियोगितमा देशभरका कुल ७९१ विद्यार्थीहरु सहभागी भएका थिए । सर्वोत्कृष्ट चित्रको सिर्जनाकार काठमाडौंबाट रिया खड्काले प्रथम स्थान हासिल गरी प्रथम पुरस्कार रु. ५० हजार नगद र प्रमाण पत्र, हरेक क्षेत्रीय कार्यालय अन्तर्गतको उत्कृष्ट चित्रकारलाई जनही रु. १० हजार नगद र प्रमाण पत्र प्रदान गरिएको छ । उपरोक्त प्रतियोगिताहरुमा सम्बन्धित विषयको स्वतन्त्र विशेषज्ञहरुको छनोटको आधारमा पुरस्कार घोषणा गरिएको थियो । साथै बैंकले सातवटै प्रदेशलाई समेटिने गरी विभिन्न विद्यालयका कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्ति, विभिन्न विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा तथा स्टेशनरी सामग्रीहरु वितरण, बागमती सफाई महाअभियानलाई सफाई समाग्री हस्तान्तरण, गैरनाफामूलक सामाजिक संस्थाहरु जस्तै सेवा आश्रमलाई न्यानो सिरक, डस्नाको सहयोग, फोहोर व्यवस्थापनका लागि डस्टबीन वितरण, हुम्ला जिल्लाको अदानचुली गाँउपालिकाको दुर्गम गाँउका गरिब तथा विपन्न वर्गका व्यक्तिलाई जिविका आर्जनका लागि सिलाई मेसिनहरु वितरण, ई–नेबल नेपाल मार्फत बालबालिकाहरुलाई कृतिम हातहरु हस्तान्तरण जस्ता विभिन्न सामाजिक कार्यहरु सम्पन्न गरेको छ ।

बैंकको केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाडौंमा आयोजित कार्यक्रमको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष तथा कार्यक्रमको अध्यक्ष खिम प्रकाश मल्लले गरे भने बैंकका नायब प्रमुख कार्यकारी अधिकृत समिर शेखर बर्जाचार्यले स्वागत मन्तब्य, बैंकको अवस्था, प्रगति तथा विभिन्न क्रियाकलापहरु बारेमा प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले राखेका थिए । उक्त कार्यक्रममा मुक्तिनाथ विकास बैंकको संस्थागत गीत विमोचन, संस्थामा १० वर्ष सेवा अवधि पुरा गरेका ४७ जना कर्मचारीहरुलाई सम्मान पनि गरिएको थियो ।

सो कार्यक्रममा बैंकका सञ्चालकहरु, सेयरधनीहरु, सेवाग्राहीहरु तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सञ्चालन बैंकका व्यवस्थापक तेज बहादुर गिरीले गरेका थिए ।

Health Tips Ad Road Block