ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

माया ग्रुपको ब्राण्ड एम्बासडरमा एकैसाथ ९ नेपाली क्रिकेट खेलाडी, भयाे प्रायाेजन सम्झौता

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । माया ग्रुपले एकैसाथ ९ जना नेपाली क्रिकेटरलाई ब्रान्ड एम्बासडर नियुक्त गर्दै प्रायोजन सम्झौता गरेको छ । राजधानीमा एक कार्यक्रम गरी उक्त सम्झौता गरिएको हो ।

नेपाली राष्ट्रिय टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरी, भीम सार्की, गुलशन झा, नन्दन यादव, अर्जुन साउद, रिजन ढकाल, प्रसिद्ध जैसी, सुशील रावल र नेपाली यू–१९ महिला क्रिकेट टोलीकी उपकप्तान सोनी पाख्रिनसँग ग्रुपले प्रायोजन सम्झौता गरेको हो। यसले माया ग्रुपको नाममा नेपाल र बेलायतमा कार्य गर्दै आएको छ ।

ग्रुपको स्थापना सन् २०१८ मा भएको थियो। ग्रुपले व्यवसायसँगै नेपाली क्रिकेट र खेलकुदमा दीर्घकालिन योजनाहरू बनाएर सहयोग गर्दै आएको छ । यो ग्रुप नै राज पाण्डे र रक्षा थापा दम्पतीको सोच र योजना हो। गत मे र जुन महिनामा नेपाली राष्ट्रिय क्रिकेट टोलीले गरेको इंग्ल्यान्ड, वेल्स र स्कटल्यान्ड भ्रमणमा त्यहाँ रहँदा माया ग्रुपले नै यसको व्यवस्थापन जिम्मा लिएको जनाएको छ ।

ुग्रुपले माया नामबाट माया क्रिकेट क्लब, माया इन्भेस्टमेन्ट प्रोपर्टी, माया सपोर्टेड लिभिङ, माया स्पोर्टस सेन्टर, राष्ट्रिय पोसाक घर (बेलायत), माया हेटौंडा रोयल्स र यसअन्तर्गगत रहेका संघसंस्थाहरूमार्फत कार्य गर्दै आएको छ । ग्रुपले यी प्लेटफर्ममार्फत निरन्तर रुपमा नेपालमा खेलाडी, एकेडेमीहरु र खेलकुद पूर्वाधारमा साथ र सहयोग गर्दै आएको छ भने बेलायतमा रहेका नेपाली समुदायलाई जोड्ने कार्य गर्दै आएको जनाएको छ ।

Health Tips Ad Road Block