Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सिटिजन लाइफ इन्स्योरेन्सको नवौं वार्षिक साधारण सभा सम्पन्न, २० प्रतिशत लाभांश पारित

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज पुस १८ गते काठमाडौंको नक्साल, भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा कम्पनीको साधारण सभा सम्पन्न भएको हो । इन्स्योरेन्सका सञ्चालक समितिका अध्यक्ष प्रदिपजंग पाण्डेको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो । सभाले कम्पनीको हाल कायम चुक्ता पूँजीको ५ अर्ब रुपैयाँको २० प्रतिशतका दरले नगद लाभांश (लाभांशमा लाग्ने कर सहित) वितरणको प्रस्ताव पारित गरेको छ । लाभांश पारित भएसँगै अब कम्पनीका लगानीकर्ताहरुले पाउनेछन् ।

त्यसैगरी साधारणसभाले अध्यक्ष पाण्डेको मन्तव्य सहित सञ्चालक समितिको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह र सोसँग सम्बन्धित अनुसूचीहरू सहितको वित्तीय विवरण छलफल गरी पारित गरेको छ । त्यसैगरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षण समितिबाट सिफारिस भई आए बमोजिम बाह्य लेखापरीक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने विषय पनि उक्त साधारणसभाले टुङ्गो लगाएको छ । साथै स्वतन्त्र सञ्चालकको नियुक्ति बारेमा बीमा ऐन, २०७९ बमोजिम साधारणसभा सभामा जानकारी गराउने र सञ्चालक समितिका सदस्यहरूको सेवा सुविधाको सम्बन्धको प्रस्ताव पनि सभाले पारित गरेको छ ।

गत आर्थिक वर्षमा सिटिजन लाइफबाट गरिएको चन्दा तथा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका विभिन्न शीर्षकमा भएका खर्चहरू पनि साधारणसभाले अनुमोदन गरेको छ ।

Health Tips Ad Road Block