काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई क्षेत्रको भाडा पनि घटेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले एक सूचनामार्फ हवाई इन्धनको मूल्यमा कमी आएसँगै भाडा घटाउन भनेको हो । निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ६ रुपैयाँले घटाएसँगै क्यानले पनि आजदेखि लागु हुनेगरी नयाँ व्यवस्था गरेको हो ।
‘फ्युल सरचार्ज’ घटाएको जानकारी दिएको क्यानले काठमाडौंबाट लामो दूरीमा रहेको धनगढीको २६५ रुपैयाँ र छोटो दूरीमा रहेको सिमरामा ५५ रुपैयाँ घटाएको छ ।
क्यानले आन्तरिक वायुसेवा कम्पनीहरुलाई नयाँ ’फ्युल सरचार्ज’ लागू गर्न निर्देशन दिएको छ ।
हेर्नुहोस् यस्तो छ क्यानले घटाएपछिको नयाँ मूल्य
























