ncell 2082 mangsir 29

skip this News Page Tips Ad Road Block

प्याब्सनले ३५औं स्थापना दिवस पुस २४ गते विभिन्न कार्यक्रमसहित मनाउने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) आफ्नो ३५औं स्थापना दिवस विभिन्न कार्यक्रममार्फत पुस २४ गते मनाउने भएको छ। यस अवसरमा प्रदेश, जिल्ला तथा पालिका तहका सम्पूर्ण कार्यसमितिहरूले विशेष कार्यक्रम सञ्चालन गर्ने तयारी भएको अर्गनाइजेसनले जनाएको छ।

स्थापना दिवसको सम्मानमा कार्यालयहरू तथा सदस्य विद्यालयहरूमा प्याब्सनको झण्डा फहराइने र साँझ सांस्कृतिक दीपावली कार्यक्रम समेत आयोजना गरिनेछ।

प्याब्सनका महासचिव आरबी कटवालले मातहतका सबै कार्यसमितिहरूलाई स्थापना दिवस भव्य रूपमा सम्पन्न गर्न सक्रिय सहभागिता र सहकार्य गर्न निर्देशन दिएको जानकारी गराएका छन्। साथै सदस्य विद्यालयहरूमा पनि झण्डा फहराउने व्यवस्था मिलाइने जनाइएको छ।

संस्थाले यस दिवसलाई विद्यालय शिक्षा क्षेत्रको प्रगति, एकता र सहकार्यको प्रतीकका रूपमा प्रस्तुत गर्दै समुदायमा सकारात्मक सन्देश फैलाउने लक्ष्य राखेको जनाएको छ।

Health Tips Ad Road Block