काठमाडौं । तियारीको चौताराबाट सुरु भइ वि.सं. २०३२ सालमा दर्ता भएर सञ्चालित श्री किराञ्चोक माध्यामिक विद्यालय, गजुरी–८, किराञ्चोक (प्रवाङ), धादिङले यही माघ १५, १६ र १७ गते आफ्नो स्थापनाको पचास वर्ष पुगेको अवसरमा स्वर्णजयन्ती मनाउने भएको छ । स्वर्णजयन्ती मनाउनेक्रममा विभिन्न तयारी थालिएको छ । यसैक्रममा पुस १२ गते शनिबार ज्ञानोदय माध्यामिक विद्यालय, बाफल काठमाडौंमा स्वर्णजयन्ती भव्यरुपले सम्पन्न गर्ने विषयमा पूर्व विद्यार्थी, शिक्षक, व्यवस्थापन समिति, एवं त्यहाँ अध्ययन गरेर विभिन्न क्षेत्रमा रहेका प्रतिष्ठित व्यक्तित्वहरुबीच छलफल भइ विभिन्न उपसमिति समेत गठन गरिएको छ । किराञ्चोक मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार ढुंगानाको अध्यक्षता र गजुरी गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष देवराज ओझाको प्रमुख आतित्थतामा कार्यक्रम सम्पन्न गरिएको हो । पूर्व तयारी छलफलमा संस्थापक प्रअ गोविन्द भण्डारी, पूर्व विद्यार्थी एवं शिक्षक तथा नेपाल शैक्षिक परामर्श व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र बराल, पूर्व विद्यार्थी एवं बेलकोटगढी नगरपालिका–३, नुवाकोटकी वडाअध्यक्ष कौशिला पुडाशैनीसहित विभिन्न क्षेत्रमा उच्च पद हाशिल भएका दुई दर्जन बढीको उपस्थिति रहेको थियो ।
छलफलले स्वर्णजयन्ती सफल पार्नेगरी स्मारिका प्रकाशन उपसमिति, आर्थिक व्यवस्थापन उपसमिति र प्रचारप्रसार उपसमिति गठन गरेको छ । छलफलले रूपक ढुंगाना संयोजक रहेको स्मारिका प्रकाशन उपसमिति गठन गरेको हो । उपसमिति सदस्यहरुमा रुपा अधिकारी, पशुपति अधिकारी, रचिन अधिकारी, प्रकाश ढुंगाना (सुगम) रहेका छन् ।
त्यसैगरी सन्दिप अधिकारीको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपसमिति गठन गरिएको छ । उपसमिति सदस्यहरुमा शिव अधिकारी, हरि प्रसाद ओझा, रविन ढुंगाना, बाबुराम ढुंगाना, रामचन्द्र ढुंगाना, बिबन बराल रहेका छन् ।
त्यस्तै विनोद अधिकारीको संयोजकत्वमा प्रचारप्रसार उपसमिति गठन गरिएको छ । उपसमिति सदस्यहरुमा जानुका अधिकारी, सविना पण्डित, विनोद तामाङ, मङ्गल तामाङ, शालिकराम ढुंगाना रहेका छन् ।
उपसमिति सदस्यहरुमा केही थप गरिने पनि छलफलले निर्णय गरेको छ । छलफलले स्वर्णजयन्ती सफल बनाउन सबै पूर्व विद्यार्थी एवं शिक्षक तथा प्रतिष्ठित महानुभावलाई आव्हानसमेत गरेको छ ।
छलफलमा सहभागीहरुः























