Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एनआईसी एसिया बैंकको सञ्चालक समिति अध्यक्षमा अशोक कुमार अग्रवाल

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । एनआईसी एसिया बैंकको सञ्चालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन् । पछिल्लो सञ्चालक समितिको ७४४ औं बैठकले पुस ९ गतेदेखि लागु हुनेगरी अग्रवाललाई सञ्चालक समिति अध्यक्ष नियुक्त गरेको हो ।

नवनियुक्त अध्यक्ष अग्रवालले नेपाल राष्ट्र बैंकका गर्भनर प्रा. डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनियताको सपथ समेत ग्रहण गरिसकेका छन् ।

अग्रवालले नेपालको बैंक, वित्तीय, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव हासिल गरेका छन् । उनको नेतृत्वमा बैंकको स्तर माथि जाने विश्वास गरिएको छ ।

यसअघिका बैंकका अध्यक्ष तुलसीराम अग्रवालले घरायसी कारण देखाउँदै पदबाट राजिनामा दिएका थिए ।

Health Tips Ad Road Block