Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

हिजो रेकर्ड कायम गरेको सुनचाँदीको मूल्य आज घट्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । हिजो नेपाली बजारमा रेकर्ड कायम भएको सुनचाँदीको मूल्य आज घटेको छ । आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ । चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ६७ हजार ५ सय रुपैयाँ रहेको छ । हिजो २ लाख ६८ हजार १ सय प्रतितोलामा सुनको मूल्यले रेकर्ड कायम गरेको थियो ।

आज चाँदी प्रतितोला ४४०० रुपैयाँ रहेको छ । हिजो ४४२० रुपैयाँ प्रतितोलामा चाँदीको मूल्यले रेकर्ड बनाएको थियो ।

Health Tips Ad Road Block