काठमाडौं। नेकपा एमालेको केन्द्रीय नेतृत्व चयनका लागि आज हुने भनिएकाे मतदान स्थगित भएको छ ।
भोलि बिहान ८ बजेदेखि मतदान सुरू हुने गरी आजका लागि मतदान स्थगित गरिएको निवर्तमान महासचिव शंकर पोखरेलले जानकारी दिए । साँझ ७ बजेबाट मतदान हुने भनेर प्रतिनिधिहरू भोट हाल्न लाइन बसेका थिए । तर विद्युतिय भाेटिङ मेसिनमा नम प्रविष्ट गर्न समय लागेकाे कारण मतदानमा ढिलाइ भएकाे बताइएको छ ।
चिसाे बढ्दै गएकाे तथा रात समेत छिप्पिँदै गएपछि प्राविधिकरण कारण मतदान स्थगित भएको पाेखरेलले जानकारी दिए । भाेलि बिहान ८ बजेसम्मका लागि निर्वाचनका सबै कार्यक्रम स्थगित भएकाे जानकारी निर्वाचन आयाेगले दिएकाे पाेखरेलले बताए।






















