Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सुपर मादी हाइड्रोपावरले ताङतिङ इन्भेष्टमेन्ट कम्पनीलाई प्राप्ति गर्ने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले ताङतिङ इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको प्राप्ति गर्ने भएको छ । सुपर मादी हाइड्रोपावर लिमिटेडको बिहीबार बसेको संचालक समितिको बैठकले सुपर मादी हाइड्रोपावर लिमिटेडद्वारा तान्तिङ इन्भेष्टमेन्ट कम्पनी लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । यस सम्बन्धमा दुवै कम्पनीबीच समझदारीपत्रमा हस्ताक्षर गर्ने निर्णय भएको छ ।

उक्त प्राप्ति प्रक्रिया मर्जर तथा एक्विजिसन नियमावली, २०७९ बमोजिम अगाडि बढाइने कम्पनीले जनाएको छ । साथै तान्तिङ इन्भेष्टमेन्ट कम्पनी लिमिटेड सुपरमादी कम्पनीको शेयरधनी मात्रै रहेको र सूचिकृत संस्था नभएको कम्पनीले स्पष्ट पारेको छ ।

Health Tips Ad Road Block