Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

स्वदेशमै स्वरोजगार बनाउने उद्देश्यका साथ उद्योग संगठन मोरङको बिजनेस एट स्कुल कार्यक्रम

Citizenlife ad 2082 falgun to baishak 2083

विराटनगर । उद्योग व्यवसाय क्षेत्रमा युवाहरूलाई प्रेरित गर्दै स्वदेशमै स्वरोजगार र रोजगारको अवसर पहिल्याउने लक्ष्यका साथ उद्योग संगठन मोरङले बिजनेस एट स्कुल कार्यक्रमको पहिलो श्रृंखला नरग्राम माध्यमिक विद्यालय, बुढीगंगाबाट प्रारम्भ गरेको छ । कार्यक्रमको औपचारिक शुभारम्भ गर्दै उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले समय परिवर्तनशील भएकाले परिवर्तित समयसँगै आफनो सीप तथा दक्षता अभिवृद्धि गर्न मार्गदर्शन र प्रेरणा अत्यावश्यक हुने कुरालाई आत्मसात गरी संगठनले बिजनेस एट स्कुल कार्यक्रमको अवधारणा अघि ल्याएका बताए । कार्यक्रमले विद्यार्थी भाइबहिनीलाई स्वदेशमै सफल उद्यमी बन्न सक्ने अवसर देखाउनेमा विश्वास व्यक्त गरे ।

कार्यक्रममा बुढीगंगा गाउँपालिकाका अध्यक्ष जित नारायण थापा मगरले स्थानीय तहयस प्रकारका कार्यक्रमप्रति सदैव सकारात्मक भएको बताए । उनले युवालाई स्वदेशमै सम्भावनाको बाटो देखाउने यस्ता पहल स्थानीय तहका लागि गर्वको विषय र गाउँपालिकाले समेत उद्यमशीलता प्रोत्साहन गर्ने कार्यक्रमलाई निरन्तर दिने धारणा राखे ।

त्यसैगरी सामाजिक विकास मन्त्रालयका शैक्षिक महाशाखा प्रमुख दामोदर फुयालले कार्यक्रमले शिक्षालाई व्यवहारिकताको दिशामा उन्मुख गराउने उल्लेख गर्दै शैक्षिक ज्ञानसँगै वास्तविक क्षेत्रको अनुभव आवश्यक हुने र उद्योग क्षेत्रमा रहेका अवसर तथा चुनौती विद्यार्थीले नजिकबाट बुझ्न यस प्रकारको कार्यक्रम अत्यन्त उपयोगी हुने विचार व्यक्त गरे ।

नरग्राम माध्यमिक विद्यालय, बुढीगंगाका व्यवस्थापन समितिका अध्यक्ष ईश्वर प्रसाद कोईरालाले विद्यालयका विद्यार्थी लक्षित यस यस पहलले कक्षा कोठाभित्र सीमित रहेको सिकाइलाई जीवनउन्मुख बनाउने बताउँदै विद्यार्थीले आफ्नो रुचि, क्षमता र भविष्यका सम्भावनाहरू स्पष्ट रूपमा पहिचान गर्न यो कार्यक्रम सहयोगी स्पष्ट पारे ।

नरग्राम माध्यमिक विद्यालयप्रधानाध्यापक कैलाश के.सीले विद्यालयमा सुरु भएको यस अभियानलाई स्वागत गर्दै विद्यालयबाट सुरु भएको यो कार्यक्रम विद्यार्थीहरुका लागि प्रेरक बन्ने र व्यावहारिक तालिम, काउन्सेलिङ र उद्यमशीलतासम्बन्धी सिपले उनीहरूलाई भविष्य निर्माणमा ठूलो टेवा पु¥याउने वताए ।

बिजनेस एट स्कुल कार्यक्रमले विद्यार्थीहरूलाई उद्योग तथा सेवा क्षेत्रका कार्यविधि प्रत्यक्ष रूपमा बुझाउने, विषयगत विज्ञबाट काउन्सेलिङ प्रदान गर्ने, व्यवसाय सुरु गर्ने आधारभूत प्रक्रिया, लगानी तथा जोखिम व्यवस्थापनजस्ता कौशल सिकाउने अवसर उपलब्ध गराउने कार्यक्रममा संयोजक सृजन प्याकुरेलले जानकारी दिए ।

कार्यक्रममा मनमोहन पोलिटेक्निले ईन्टरनेट अफ थिंग्स, ज्ञान अटोमेशनले ईण्डट्रिज अटोमेशन, शिर्षक ईन्टरप्राईजेजले सि.सि.टि.भि क्यामेरा सेटअपका विषयमा कक्षा ११ र १२ का विद्यार्थीहरुका लागि टेस्ट द ट्रेनिङ कार्यक्रम संञ्चालन गरेका थिए भने सोही अवधिमा करियर काउन्सेलिङ, सिप तथा उत्पादन प्रर्दशनी, लाईभ तालिम, विजनेश आईडिया प्रस्तुती तथा सफल उद्यमीहरुका अनुभवहरु साटासाट गरिएको संगठनले जनाएको छ ।

स्वदेशमै उज्ज्वल भविष्य निर्माण गर्न सकिने सम्भावना उजागर गर्ने अभियानको रूपमा उक्त कार्यक्रमलाई आगामी दिनमा अन्य विद्यालयहरूमा संचालन गर्ने लक्ष्य लिएको उद्योग संगठन मोरङले जनाएको छ । कार्यक्रमलाई इन्स्योर, क्वालिटी, एन.भि.क्यू.एस परियोजनाले प्राविधिक सहयोग गरेको छ ।

Health Tips Ad Road Block