Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

सुदूरपश्चिमका मुख्यमन्त्री शाह र एफ्एनसीसीआईका अध्यक्ष ढकालबीच सुदूरपश्चिममा लगानी विस्तारसम्बन्धी छलफल

Citizenlife ad 2082 falgun to baishak 2083

कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालबीच आज भेटवार्ता भएको छ। मुख्यमन्त्री निवासमा भेटका क्रममा अध्यक्ष ढकालले सुदूरपश्चिम प्रदेश लगानी सम्मेलनको अवसरमा महासङ्घले तयार पारेको “सुदूरपश्चिम प्रदेशमा लगानी सम्भावना, अवसर तथा चुनौती–स्थिति पत्र, २०८१” मुख्यमन्त्री शाहलाई हस्तान्तरण गरे ।

स्थिति पत्र ग्रहणपछि मुख्यमन्त्री शाहले सुदूरपश्चिममा विशाल लगानी सम्भावना रहेको उल्लेख गर्दै प्रदेश सरकारले अनुकुल लगानी वातावरण निर्माणलाई अत्यन्त प्राथमिकता दिएको बताए। उनले निजी क्षेत्रलाई विश्वासमा लिएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै, “सुदूरपश्चिमको कर्णाली–चिसापानी क्षेत्रमा ५ अर्ब रूपैयाँ लगानीमा केवलकार परियोजना सञ्चालन गरी प्रदेशमा लगानीमैत्री वातावरण निर्माण गरेकोमा अध्यक्ष ढकाललाई धन्यवाद व्यक्त गरे ।

अध्यक्ष ढकालले सुदूरपश्चिममा पर्यटन, कृषि, जडीबुटी, धार्मिक तथा जलस्रोत क्षेत्रमा अपार सम्भावना रहेको बताउँदै प्रदेशमा अर्को ठूलो लगानी आकर्षित गर्न महासंघ प्रतिबद्ध रहेको जानकारी दिए। उनले चिसापानीमा ५ अर्ब लगानीमा निर्माण भइरहेको केवलकार परियोजना प्रदेशको आर्थिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

सिमानासँग नजिक रहेको भौगोलिक अवस्थाका कारण सुदूरपश्चिममा अन्तर्राष्ट्रिय क्षेत्रमा समेत लगानीको अवसर बढिरहेको उल्लेख गर्दै ढकालले नेपालमा नकारात्मक धारणा भन्दा पनि सकारात्मक ऊर्जा र लगानीमैत्री सोच आवश्यक भएको बताए।

Health Tips Ad Road Block